काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय नयाँ गीत सहित स्रोता दर्शक माझ आएका छन् । सार्वजनिक ‘छक्कै परे’बोलको गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले गाएका छन् । गीतमा संगीत गायक भट्टलेनै गरेका हुन् । संगीत संयोजन भने मोपहत मुनालले गरेका छन् ।

रोमान्टिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उत्सव दहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।

गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै गीतले स्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

भिडियो