काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)कुवेर कडायतलाई दिइएको छ । यसअघिका प्रवक्ता निरजबहादुर शाही एआईजीपीमा बढुवा भएसँगै नयाँ जिम्मेवारी एसएसपी कडायतलाई दिइएको हो ।

शाही बढुवा भएर मानव स्रोत तथा प्रशासन विभागमा गएपछि प्रहरी प्रधान कार्यालयमै आईजीपीको सचिवालयमा कार्यरत कडायतलाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।