काठमाडौं । सरकारले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत अर्थात् सीईओ नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पृष्ठभूमिका भट्टलाई नियुक्ति गरेको हो ।

उनले राष्ट्रिय योजना आयोगमा सदस्य रुपमा पनि काम गरेका छन् । महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि लगानी बोर्डमा प्रमुख कार्यकारीको पद खाली थियो । त्यही ठाउँमा भट्टको नियुक्ति भएको हो ।