काठमाडौं । इङ्गलिश क्लब वुल्भरह्याम्पटन वान्डर्स ४८ वर्षपछि युरोपा लिगको क्वार्टरफाईनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो लिगको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–०ले हराउँदै वुल्भरह्याम्पटन क्वार्टरफाईनलमा पुगेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा समेटिएको वुल्भरह्याम्पटनले समग्रमा ग्रिक टोलीमाथि २–१ को जित निकाल्न सफल भयो ।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै जर्मनीको बायर लिभरकुजेन, इटालीको ए.एस रोमालाई हराउँदै स्पेनको सेभिया र जर्मनीको फ्र्याङ्कफर्टलाई हराउँदै स्वीजल्याण्डको एफसी बाजल पनि क्वार्टरफाईनलमा पुगेका छन् ।