काठमाडौँ । साउन महिनाको सोमवारे व्रत लिने शिव भक्तहरुले विधिपूर्वक व्रत समापन गरेका छन् । साउन महिना भगवान शिवको प्रिय महिना हो । यो महिनाको हरेक सोमवार व्रत बसेर शिवको पूजा गर्ने महिलाले विधिपूर्वक व्रत समापन गरेका हुन् ।

हरेक सोमवार झैँ साउनको अन्तिम सोमवारमा काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयमाा भक्तजन पुगे । यो पल्ट कोरोना महामारीका कारण पशुपतिको ढोका बन्द रहे । पशुपतिनाथको दर्शन एवं पूजाका लागि पुग्ने भक्तजनले ढोका बाहिरबाटै पूजाआजा गरे ।

शिव पूजनका लागि साउन महिना अत्यन्तै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य वर मिलोस् भन्ने कामनाका साथ साउने सोमवारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी लगाउने गर्दछन् ।