दिपायल । डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। २ बजे राति आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन तले कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती विष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार, ७ वर्षीय छोरी जेनिस लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए।

अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा लोवे घरमुली लोवे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगंरी विक, सा १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन्।

घरमा रहेका सरसमान र पशुचौपाया सबै पुरिएका छन्। घटनाका घाइतेलाई उपचारको लागि दिपायल ल्याइसकेको मल्लले बताए। पुरानो घर भएकाले निरन्तर परेको पानीका कारण भत्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।