काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनको खबरलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शोक व्‍यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक व्‍यक्त गरेका हुन् । प्रधानमन्त्रीले ओलीले, ‘राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ। उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ भनी लेखेका छन् ।