काठमाडौं । ललितपुरको धोविघाटस्थित मेघा अस्पतालले समेत कोरोनाको उपचार गर्न थालेको छ । सरकारले मेघा अस्पताललाई समेत कोभिड अस्पतालमा सूचीकृत गरेसँगै उपचार थालेको हो ।

कोरोना महामारीसम्बन्धि अन्तरिक निर्देशिका अनुसार नेपाल सरकारको सचिवस्तरीय निर्णयले मेघालाई सूचीकृत गरेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत अस्पतालको हैसियतमा व्यवस्थापन गर्न भनेको छ । अहिले पनि मेघाले ५५ जनाको टेक कियर गरिरहेको छ । यसअघि कोरोना महामारी फैलिरहेकै समयमा धेरै अस्पतालले अहिले सामान्य विरामीको उपचार गर्न मानिरहेका थिएनन् । तर, मेघा अस्पतालले कोरोना त्रासकाबीच पनि शल्यक्रिया गरिरहयो ।

त्यति मात्रै होइन, मेघा अस्पिटलले ७ हजार पर्ने बोलबडी जाँच समेत ३५ सयमा गरेर बरिष्ठ फिजिसियनबाट निःशुल्क परामर्श समेत दिने गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा निजी अस्पतालले वर्ग विभेद गरेका र विपन्नलाई उपचारको साटो दुव्र्यवहार गरेका तथ्यहरु आउने गरेका छन् । तर, मेघा अस्पतालले वर्गविहिन उपचारलाई आफ्नो सेवाधर्म बनाउँदै आएको छ ।