एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । उनको सोमबार दिल्लीस्थित आर्मी अस्पतालमा निधन निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८४ वर्षका मुखर्जीले भारत रत्न विभुषण पाएका थिए । उनी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बने । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । गत अगस्ट १० मा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको हो ।