मार्तडी । बाजुराको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्यान्न अभाव भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । दुर्गमका नागरिकले खाद्यान्न अभाव झेलिरहेका बेला चामल ढुवानी गर्नुपर्ने जहाज चार्टर्ड गरेर मदिरा ढुवानी भइरहेको छ ।

कोराना महामारीको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाइएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् ।

ती मध्ये तीन–चार वटा उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए । संकटका बेला खाद्यान्न ढुवानीको साटो नेपालगञ्ज र सुर्खेतबाट जहाज चार्टर्ड गरेर मदिरा ढुवानी गर्ने गरेको उनको भनाई छ ।