काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत संचालन गर्दे आएको छ ।

सोहि सन्दर्भमा क्लासिक टेकले हालै निकै दूलर्भ रोगबाट पिडित १३ महिने बालिकाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।कम्पनीले निकै दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारी भने, ‘यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानी को जिवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडी बढेर काम गर्नेछौं ।’

क्लासिक टेकले आर्थिक सहयोगका साथै आधिकारीक सोशल मिडिया मार्फत सहयोगका लागि अपिल समेत गरेको छ ।