काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

शनिबार देशभरका प्रयोगशालामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएकोमा काठमाडौं उपत्यकामा १ हजार ११० जनासहित २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ छ । यी संक्रमितमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छन् । यस्तै, ३०७ जनाको सघन उपचार कक्ष (आईसीयू) र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये हालसम्म एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् । शनिबार २ हजार ८४६ जना संक्रमित निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।