एजेन्सी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो ।

बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनवटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।