काठमाडौँ । स्कटिस–अमेरिकी लेखक डग्लस स्टुवार्टले यस वर्षको बुकर पुरस्कार पाएका छन् । स्टुवार्टको डेब्यु उपन्यास ‘शगी बेन’ लाई प्रतिष्ठित बुकर पुरस्कार प्रदान गरिएको हो । ‘शगी बेन’ आफ्नै भोगाइ र अनुभवमा आधारित उपन्यास हो ।

यस वर्ष बुकर पुरस्कारको अन्तिम सूचीमा डायन कुकको ‘द न्यु वाइल्डरनेस’, अवनी दोषीको ‘बन्र्ट सुगर’, ब्रान्डन टेलरको ‘रियल लाइफ’, माजा मेङ्गित्सेको ‘द स्याडो किङ’, र सित्सी डाङ्गारेम्बाको ‘दिस मोर्नेबल बडी’ थिए ।

यी पुस्तकमध्येबाट निर्णायकहरुको स्टुवार्टको शगी बेनलाई यस वर्षको बुकर पुरस्कार दिने निर्णय गरेका हुन् । यस वर्षको निर्णायकमा मार्गरेट बस्बी, ली चाइल्ड, लेम सिसे, समीर रहिम र इमिली विल्सन थिए । निर्णायक मण्डलकी अध्यक्ष मार्गरेट बस्बीले निर्णायकमण्डलले सर्वसम्मतले स्टुवार्टको उपन्यासलाई विजेततका रुपमा छनोट गरेको हो ।

स्टुवार्टले मेडलका साथै ५० हजार पाउन्ड पाउनेछन् । उपन्यासमा स्टुवार्टले सन् १९८० को दशमा ग्लास्गोमा गरिबीसँग लडिरहेकी एउटी आमालाई सघाउने सानो बालकको कथा समेटिएको छ । ४४ वर्षीय उपन्यासकार स्टुवार्टले आफूले पाएको पुरस्कार आफ्नी आमाप्रति समर्पण गरेका छन् । उनी १६ वषको हुँदा अत्यधिक मद्यपानका कारण उनकी आमाको निधन भएको थियो ।

स्कटल्यान्डको ग्लास्गोमा हुर्किएका स्टुवार्ट अहिले न्युयोर्कमा बस्दै आएका छन् ।