एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० अग्रता दिलाए ।

४४ औं मिनेटमा एमबाप्पेले तेस्रो गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई गोलको मान्यता दिएन ।

दोस्रो हाफमा मोनाकोले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५२ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई २-१ को स्थितिमा ल्याए ।

६५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरी बनाए ।

खेलको ८४ औं मिनेटमा पीएसजीका डियालोले रातो कार्ड पाउदै मैदानबाट बाहिरिए । उनले मोनाकोका केभिनलाई आफ्नो डिबक्स भित्र फउल गरेका थिए । जसमा मोनाकोले पेनाल्टी समेत पायो ।

उक्त पेनाल्टीमा सेस फेब्रिगासले गोल गर्दै मोनाकोलाई ३-२ को जित दिलाए ।

जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ । मोनाकोले ११ खेलमा २० अंक जोड्यो । पिएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।