काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७४ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३२३ रहेको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या एक लाख ९३ हजार ३२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४ हजार ९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज ८ हजार १४३ जनाको पीसीआर गरिएको छ । यससँगै हालसम्म गरिएका नमूना पीसीआर परीक्षणको संख्या १६ लाख ५२ हजार ४३ रहेको छ ।

पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार ३०५ पुगेको छ ।