एजेन्सी । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको जङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको पाइएको छ । यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको तथ्याङ्कहरूले देखाएका छ ।

ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ । त्यहाँ वनजङ्गल विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको अन्तरिक्ष निकाय आइएनपीईले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

भू-उपग्रहबाट लिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र झण्डै ११ हजार वर्ग किलोमिटरको जङ्गल सखाप भएको देखिएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ ।

त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका र जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै बढेर जान सक्ने वातावरण वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।