काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७३ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
हाल मुलुकमा १६ हजार ६३३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेको मन्त्रालयले बताएको छ । हाल क्वारेन्टिनमा ६१६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ५८३ जनाको नमूना पीसीआर परीक्षण भएको छ । योसँगै हालसम्म मुलुकमा १७ लाख ४६ हजार ३३० जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ संक्रममितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार ५२९ पुगेको छ ।