काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अन्ुसार पछिल्लो २४ घण्टामा थप एक हजार ५६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख १८ हजार १६१ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

हाल मुलुकमा १६ हजार ५४७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । हाल क्वारेन्टिनमा ६०५ जना रहेका छन् । आईसीयूमा ३६५ जना र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप ८ हजार ३०० जनाको पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म १७ लाख ५४ हजार ६३० वटा नमूनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या एक हजार ५३८ पुगेको छ ।