एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । बुधबार राति समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई २–१ ले पराजित गरेको हो ।

पीएसजीको जित ब्राजिली स्टार नायक रहे । उनले दुई गोल गरे । थप एक गोल मार्कुन्होसको नाममा रह्यो । युनाईटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए ।

खेलको छैटौ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । रासफोर्डले गोल घरेलु टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

मार्कुन्होसले ६९ औं मिनेटमा पीएसजीलाई २–१ ले अघि बढाए । लगत्तै खराब ट्याकल गरेको भन्दै युनाईटेडका फ्रेड रातो कार्ड खादै मैदान बाहिरिए । अन्तिम ३० मिनेट युनाईटेडले १० खेलाडीमा सिमित बनेको खेलेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै युनाईटेडविरुद्ध सहज जित निकाल्न सफल भए ।

सोही समूहको अर्को खेलमा जर्मनको आरबी लाईपेजिगले ईस्तानबुल बासाकेशिरमाथि ४–३ को जित निकालेको छ । समूह चरणको पाँचौ खेलमा तीन अंक बटुल्दै बुन्डेसलिगा क्लबले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

समूह एचमा युनाईटेड, पीएसजी र आरबी आईपेजिगको समान ९ अंक भएको छ । अघिल्लो चरण पुग्न तीन वटै टोलीलाई जित निकाल्न आवश्यक छ । ईस्तानबुल ३ अंक सहित तालिकाको पुछारमा छ ।