काठमाडौँ । आज सुनको मुल्य ह्वात्तै बढेको छ । हिजो ५ सयले बढेको सुन आज एकैदिन प्रतितोला १ हजार ६ सय रुपियाँ बढेको हो । चाँदीको मूल्य भने आज पनि प्रतितोला २० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भएको थियो ।