काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता प्रकृयामा विवेकशीलका १३ जना नेता सहभागि नहुँने जनाएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ती निकालेर अहिले पार्टी एकीकरणको बेला नभएको भन्दै आफुहरु यस प्रकृयामा सहभागि नहुने जनाएका हुन ।

उनीहरुले आफुहरुले लिने आगामी कदमबारे आवश्यक छलफल गरी अघि बढ्ने पनि जनाएका छन्

यसरी फरक मत राख्नेहरुमा उपाध्यक्ष अजीता राई, सचिव संगीता बाटाजू, कर्मा तामाङ, छिरिङ्ग तामाङ, विजयबाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शिशिरविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।

उनीहरुले देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ एजेण्डा, कार्ययोजना र रणनीति रहेको समेत औल्याएका छन् ।