काठमाडौँ । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । ९५ वर्षीय स्वाँरको बिहीबार बिहान निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार काठमाडौंको बानेश्वरस्थित घरमै उनको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर केही दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएका थिए । कात्तिक १६ गते कोरोना पोजिटिभ देदिएको उनलाई थापथलीस्थित नर्भिक अस्पतालमा उपचारपछि संक्रमणमुक्त भएर हिजो (बुधबार) मात्रै डिस्चार्ज भएका थिए ।

स्वाँर २०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकार र २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकार हुँदा गृहमन्त्री भएका थिए । उनका दुई छोरा र चारजना छोरी छन् ।