काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि जितेकी हुन् ।

समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका हुन् । नम्रतालाई ‘मिस नेपाल -२०१९’का अनुष्का श्रेष्ठले ताज लगाइदिएकी छन् ।

प्रतियोगितामा मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितेकी छन् । त्यसैगरि मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले जितेकी छन् भने मिस नेपाल अर्थ २०२० को ताज सुप्रिया श्रेष्ठले पहिरिएकी छन् ।