तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा ३ जना बालिकाको प्लास्टिकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिए ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।