एजेन्सी । म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले हराउँदै सिटी फाइनलमा पुगेको हो । ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले हराउँदै फाइनलमा पुगिसकेको छ ।