काठमाडौं । अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै एलन मस्क विश्वका सबैभन्दा धनि व्यक्ति बनेका छन् ।

धनि व्यक्तिको सूचीमा शिर्ष स्थानमा उक्लिन बुधबार टेस्लाको सेयर मुल्य ६ प्रतिशतले बढेपछि सम्भव भएको ब्लूमवर्गले जनाएको छ । यो सँगै उनको अहिलेको सम्पत्ति १९१ बिलियन डलर पुगेको छ ।

टेस्ला बाहेक निजी स्पेस कम्पनी स्पेसएक्सका समेत मालिक रहेका उनी गत वर्ष नोभेम्बरमा विल गेट्सलाई उछिन्दै विश्वको दोस्रो धनि बनेका थिए ।

स्पेस एक्सको सेयर मुल्य त्यति घटबढ नहुने टेस्लाको मुल्य करिब एक बर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ । २०२० मा टेस्लाको सेयर मुल्यमा १०६ बिलियनले बढेको थियो ।

मस्क अहिले सबैभन्दा धनि भएको ब्लूमवर्गको रियल टाइम बिलिनियर्स ट्रयाकरले देखाएको छ । त्यस्तै तेस्रो स्थानमा बिल गेट्स रहेका छन् ।