काठमाडौं । पछिल्लो २ँ४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै हालसम्म कोरोनाबाट संक्रमण हुनेको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना रहेको मन्त्रालयले जनाएको छ ।