एजेन्सी । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।

एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन् । साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ ।

म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ । यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेनहमले वेकम्बसँग खेल्ने तालिका रहेको छ ।

लेष्टर सिटीले ब्रेन्टफोर्ड, एभर्टनले सेफिल्ड वेनस्डे, वेस्ट ह्यामले डनकास्टर, ब्राइटनले ब्लाकपुल र फुलहमले बर्नलीसँग खेल्नेछ । ब्रिस्टोलले मिल्वाल, उल्भ्सले चोर्ले, नर्स्वीचले बर्न्सली र बर्नेमाउथले क्रली टाउनसँग खेल्नेछ ।

एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।