काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ विभिन्न शक्तिहरूबाट गुथाइने भएकोले सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार भारतीय टिभीलाई दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका छन् । त्यसतर्फ संकेत गर्दै भट्टराईले मंगलबार बिहान ट्वीट गर्दै ‘ओली प्रतिगमन विषयान्तर गर्न’ यस्ता गतिविधि भइरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै नेकपाका प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गरिरहेका छन् ।