काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ८४ वटा पीसीआर परीक्षण भएको छ । हालसम्म नेपालमा २० लाख ५ हजार १२५ पीसीआर नमूना परीक्षण गरिएको छ । हालसम्म क्वान्टिनमा २३१ जना रहेका छन् ।

आज थप ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै हालसम्म २ लाख ६० हजार ५६७ जना सङ्क्रमित निको भएका छन् । निको हुने दर ९७.६६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ ।