एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले साउथह्याम्टनलाई हराएको छ । शनिबार भएको खेलमा लेस्टरले साउथह्याम्टनमाथि २–० को जित निकालेको हो ।

जित सहित लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनको गोलबाट लेस्टरले अग्रता बनाएको थियो । दोस्रो हाफको अन्तिम समयमा हार्वे वर्नले गोल गर्दै लेस्टरको जित सुनिश्चत गरेका थिए ।

खेलको सुरुवातमा साउथह्याम्टनले खेलमा दबाब बनाएको थियो । काउन्टरमा चे एडम्सले लेस्टरमाथि पहिलो आक्रमण बुनेका थिए । खेलको १९ औं मिनेटमा वर्नले पहिलो पटक लेस्टरका तर्फबाट आक्रमण गरेका थिए ।

जितपछि लेस्टरले शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेडसंगको दुरी १ अंकमा झारेको छ । यस्तै, तेस्रो स्थानको लिभरपुलसंग दुई अंकको अग्रता लिएको छ ।

साउथह्याम्टन २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।