एजेन्सी । युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमायो । उसका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

यससंगै युभेन्ट्सले नवौं पटक सुपर कप फुटबलको उपाधि जितेको छ ।