तिम्रो मीठो माया अनि सम्झना छ, मनमा
फुलिरहुन् गुराँसेफूल हृदयको वनमा
विक्षिप्त यो फाटेको मन खोजिराछु सिउन
सम्झनामा तड्पिएर गाह्रो भयो जिउन

नदेखेको धेरै भयो भेटुँ भेटुँ भाछ
घर जान नपाउँदा धेरै पीर लाछ
तिम्लाई पनि भाकोहोला मलाई जस्तै त्यहाँ
बच्चाहरु रुँदै होलान् आउन भनि यहाँ

नत बिदा पाएँ मैले नत आयौ तिमी
आउन पनि कति टाढा रैछ धेरै किमी
कहिलेसम्म बस्नेहोला यहाँ मन दुखाई
धैर्य गरि बसेको छु आँसुहरु लुकाई

सपनीमा देख्दापनि मन रोयो कती
नपाएर आउन त्यहाँ भईराछ खती
जे भएनी जसोतसो बुझाइराछु मन
छट्पट्टिदै बाँचेको छु कसोगरू भन?

(कवि रोल्पा जिल्लामा सशस्त्र प्रहरी नायव उपरीक्षकको पदमा कार्यरत हुनुहुन्छ)