एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो ।

डिपोर्टिभोका लुइस रीओजाले एक गोल फर्काए ।

घरेलु मैदानमा खेलको २९ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो ।

खेलको ५७ औं मिनेटमा पाहुना टोलीका लुइसले गोल गर्दा खेल २-१ को स्थितिमा आयो । खेलको ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।

७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा जुनियरले गोल गरेपछि बार्सिलोना ५-१ ले विजयी भयो ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २२ खेलमा ४६ अंक जोडेको छ । डिपोर्टिभो २२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।