एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले हराएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले हराएको हो ।

एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक एक गोल गरे । एनफिल्डमा खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २-० को जित दिलाए ।

यससँगै एभर्टनले सन् १९९९ को सेप्टम्बरपछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा पराजित गरेको हो । यस्तै लिभरपुलले सन् १०२३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ ।

एभर्टनसँग पराजित भएसँगै लिभरपुलले २५ खेलमा ४० अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ ।

एभर्टन २४ खेलमा ४० अंक जोडेर सातौं स्थानाम उक्लिएको छ ।