काठमाडौँ । नेपाली लोक संगीतमा सक्रिय प्रशाद खप्तरी मगरले हालै ‘जामसँगै रेलैमा’ बोलको लोकगीत बजारमा ल्याएका छन् ।

आफ्नै युट्यब च्यानल प्रशाद खप्तरी मगरमार्फत मौलिक लोक गीत सार्वजनिक गरेका हुन् । गीतमा संगीत समायोजन प्रशाद खप्तरीले नै गरेका छन् ।

रमेश बिजिको शब्द रहेको गीतमा संगीत पूर्णकला खप्तरी मगरले दिएकी छन् भने स्वर प्रशाद खप्तरी मगर र पूर्णकला खप्तरी मगरको रहेको छ । प्रशाद खप्तरी र पूर्णकला खप्तरी आमा/छोरा हुन् ।