काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ ।

कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा सेवा दिदैँ आइरहेको कम्पनीले सोही क्षेत्रका भित्री सानो सानो ठाउँहरुमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो । बिस्तार गरिएको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट  हो ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको छ । कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र FTTH को माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ । यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा रहेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले बताए ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र रु ७९९ प्रति महिनामा उपलब्ध गराएको छ ।

क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई एक वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि प्रदान गरेको छ । यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।