काठमाडौं । अष्ट्रेलियाका लिजेन्ड क्रिकेटर सेन वार्नको निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो । वार्न ५२ वर्षका थिए ।

जारी सूचना अनुसार उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । विज्ञप्तिको हवाला दिँदै फक्स क्रिकेटले लेखेको छ ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन सकिएन ।’