काठमाडौं । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित झाको काठमाडौंमै उपचारका क्रममा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिए।

पछिल्लो दुई वर्षदेखि उनी क्यान्सरबाट पीडित थिइन्। संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्।

डिम्पल लोसपाका नेता अनिल झाकी पत्नी हुन्। झाका एक छोरा छन् ।