बागलुङ । गलकोट नगरपालिकाको मेयर र उपमेयरमा ५ दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरी प्रमुख पदमा निर्वाचित भएका छन् ।

यो उनको दोस्रो कार्यकाल हो । उनका प्रतिस्पर्धी एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी छन् ।

नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी रुपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिल बहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।