काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका साँहिला भाइ प्रेम बहादुर देउवाको निधन भएको छ ।
उनको सोमबार राति निधन भएको हो ।
बुबा प्रसाद सिंह देउवा र आमा द्रोपती देवी देउवाका साहिँला पुत्रको रुपमा उनको जन्म २०१२ साल भदौ १४ गते साविक असिग्राम गाविस तथा हाल गन्यापध्रा १ मटेलामा भएको हो ।
उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासहित कांग्रेसका उच्चस्तरीय नेता समेत पशुपति आर्यघाट पुगेका थिए । निधनको शोकमा देउवा सेवा समाज कैलालीले समेत श्रद्धान्जली अर्पण गरेको छ ।