काठमाडौं । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ८ जना घाइते छन्। बुधबार राति ८ बजे दैलेखको आठविस नगरपालिका–२ सिस्ने नजिक बस दुर्घटना भएको हो ।

बस सडकबाट कर्णाली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहले मृतकको पहिचान नखुलेको बताए।