काठमाडौं । रफाइल नादालले १४औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा आइतबार राति भएको फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा हराउँदै नदालले जीवनको २२औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।
क्ले कोर्टमा अहिलेसम्मकै सफल खेलाडी नदालको यो जितले रुडको पहिलो ग्रान्डस्लाम जित्ने सपना चकनाचुर भएको छ। उनको यो कीर्तिमानी उपाधि हो ।
सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीहरूको सूचीमा दोस्रो नम्बरमा रहेका स्विट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाका नोभाक जोकोभिचमाथि दवाब बढेको छ । यी दुई खेलाडीले २० पटक ग्राण्डस्लाम टेनिसको उपाधि जितेका छन् ।
यस पल्ट फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि भने पोल्याण्डकी इगा सिवाटेकले जितेकी छन् ।–एजेन्सीको सहयोगमा