काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने वैशाख १३ को निर्णय रद्द गरेको हो ।
सरकारले जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि विदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक विदा तत्काल परीक्षणका रुपमा लागू गरिएको थियो । तर, त्यो निर्णय एक महिना पनि कार्यान्वयन नहुँदै धरापमा परेको हो।
सरकारले २ दिन विदा दिने निर्णयको धेरैले विरोध गरेका थिए । कतिपय स्थानीय तहले भद्र अवज्ञा गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरे । सोमबार आइतबार समेत विदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।