काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयले उत्तमराज सुवेदी, अरूणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

एक नम्बरमा सुवेदी, दुई नम्बरमा बिसी, तीन नम्बरमा लोहनी, चार नम्बरमा आचार्य र पाँच नम्बरमा सिंहको बढुवा भएको हो। गृहको सिफारिस अनुसारै मन्त्रिपरिषद बैठकले उनीहरूलाई बढुवा गरेको हो । एक नम्बरका सुवेदी हठी हुन् । उनले राजनीतिको आडमा अपराध गर्ने व्यक्तिहरुलाई समेत जेल कोचेका छन् ।