काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर २६ मिनेटमा भक्तपुरको चांगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ कम्पन नभई २०७२ को गोरखा भूकम्पकै पराकम्पन हो । भूकम्पले हल्लाएपछि मस्त निदाइरहेका काठमाडौं उपत्यकाबासी फेरि एकपल्ट भयभित भए । केही मान्छेहरु बाहिर खुला ठाउँमा समेत निस्किए ।