काठमाडौं । नेपाल अकुपञ्चर, मोक्सिबुसन, अकुप्रेसर संघ नेपाल र ईस्लामिया विश्वविद्यालय बाहालपुर पाकिस्तानबीच अकुपञ्चर क्षेत्रमा अध्ययन एवं अनुसन्धान गर्ने साझेदारी सम्बन्धमा सम्झौता भएको छ ।

पाकिस्तानमा भएको सम्झौतामा ईस्लामिया विश्वविद्यालयको तर्फबाट सहायक चान्सलर प्रोफ़ेसर डा. अथर महबूब र संघको तर्फबाट अध्यक्ष बिशाल श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा संघको तर्फबाट धारणा राख्दै अध्यक्ष बिशाल श्रेष्ठले सार्क राष्ट्रहरुबीच अकुपञ्चर क्षेत्रमा अध्ययन अनुसन्धानमा सहकार्यको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा ईस्लामिक विश्वविद्यालय कन्भेसनल चिकित्सा विभाग प्रमुख डा. हाजिफ मुहुमुद आसिफ प्रोफेसर तथा विश्वविद्यालय डिन डा. नाविद अख़्तर समेत सहभागि भए । नेपाल अकुपञ्चर मोक्सिबुसन, अकुप्रेसर संघ नेपालमा रहेका लाइसेन्स भएका अकुपञ्चरिस्टहरुको साझा संगठन हो ।