तुल्सीपुर । नेपाल फार्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान नेपालमा गाँजा र लोकल रक्सीको वैधानिकतालाई थप उर्जा दिन रणनीतिक रुपमा अघि बढेका छन् । यि दुई संस्थाले आगामी रणनीति तय गर्न दाङ्को तुल्सीपुुरमा दुई दिने भेला बोलाएका छन् ।

तुल्सीपुर १४ स्थिति माल्यपुष्प मल्टिप्रपोज एग्रो फार्म स्टे एण्ड रिसर्च सेन्टरमा असार २९ र ३० गते बोलाइएको भेलामा नेपाल गाँजा र लोकल रक्सीको वैधानिकता, यसबारेको जन साचो र यसमा लागेका अभियन्ताहरुको आगामी कार्यभार लगायत विषयमा छलफल हुने नेपाल फार्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियानका सदस्यले बताएका छन् । भेलामा दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरु सहभागि हुने छन् ।

यो वृहत्त भेलापछि दाङ कै रिहारमा गाँजाबारे लागेको गलत ट्याग र त्यसलाई अवैध घोषित गराइएको ५० वर्ष पुगेको अवसर पारेर असार ३१ गते राजमार्गमा प्रदर्शन गर्ने कार्यक्रम राखिएको नेपाल फार्म व्यवसायी संघका अध्यक्ष ऋगेन्द्र गिरीले बताए । विरोधको प्रकृति कस्तो हुने भन्ने सन्दर्भमा भने अहिले केहि खुलाइएको छैन ।