काठमाडौं ।  पछिल्लो समय नेपाली गीतसंगीतको वितरणमा डिजिटल मार्केटले धेरै फड्को मारेको छ । यसरीअघि बढिरहेको डिजिटल प्लेटफर्म र डिजिटल मार्केट मार्फत गीत संगीत र वेब सिरिज निर्माण र बजारीकरणमा विगतदेखि नै लागिरहेको एसियन म्युजिकले सोमबार मात्रै ‘आँसुको मूल्य’ गीत सार्वजनिक गरेको छ।

लोकप्रिय गायक जितेन लेप्चाको स्वर ,संगीत र सन वाङ योल्मोको शब्द रहेको गीत संजीव बराइलीले एरेन्ज गरेका छन् । कविता नेपाली, सन वाङ योल्मो र प्रज्वल जंग कार्कीको अभिनय रहेको भिडियोलाई एसिएन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

युवा पुस्ताको लभ,रोमान्स र धोकालाई देखाउन खोजिएको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी र नहकुल खड्काको सम्पादन छ । गीतलाई सबै डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।

भिडियो